बिहीबार, चैत १५, २०८०

प्रदेश तीन नेकपा संसदियदलको बैठक बस्दै, राजधानीको विषयमा छ्लफल हुने

नेपालखोज २०७६ पुष २५ गते ९:२४

२५ पुष, हेटौंडा । प्रदेश तीन नेकपा संसदियदलको बैठक शुक्रबार (आज) पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकबाट नेकपाको संसदिय दलले नाम र राजधानीको सन्दर्भमा आधिकारिक धारणा सार्वजनिक गर्ने छ ।

बैठकले राजधानीको लागि हेटौँडा र नाममा एकमत नभए मतदान गर्नको लागि ह्विप जारी गर्ने तयारी गरेको नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयाल जानकारी दिए । प्रदेशसभामा अहिले सांसद दिपक निरौला नेतृत्वको समितिले बनाएको राजधानी संभाब्यता सम्वन्धी प्रतिवेदनमाथि छलफल जारी रहेको छ ।

काभ्रेसहितका केही प्रदेशसभा सदस्यले लिखित ह्विप जारी भए मात्रै फ्लोर क्रस नगर्ने अन्यथा काभ्रेमै मतदान गर्ने तयारी गरेको हुनाले त्यसका लागि संसदिय दलले कडा निर्देशनसहित ह्विप जारी गर्ने बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।

यता प्रदेश सभामा राजधानीको विषयमा आज पनि छ्लफल हुनेछ । हालसम्म ४२ जनाले बोली सकेका छन्। आज ३ बजेबाट प्रदेश सभा शुरु हुने छ ।

प्रतिक्रिया