शुक्रबार, वैशाख १४, २०८१

पर्यटकीय कार दुर्घटनामा एकको मृत्यु

नेपालखोज २०७६ पुष २५ गते १२:४१

२५ पुस, हेटौँडा । त्रिभुवनराजपथअन्तर्गत हेटौँडा काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–९ अघोरमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको भारतीय पर्यटक चढेको बा१य १२८३ को कार गएराति १३ः३० बजे दुर्घटना हुँदा एक जना भारतीयको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा मृत्यु हुने ठेगाना नखुलेको भारतीय करीब ४५ वर्षीय सन्तोष सल्वाकुमार रहेका छन् ।

घाइते दुवै जना भारतीय महिला रहेका जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जानकारी दिएको छ । कार सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको थियो । कारका चालक मकवानपुर जिल्ला मनहरि गाउँपालिका चकरिमकरी बस्ने २५ वर्षीय सुदर्शन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रतिक्रिया