बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारलाई चिन्ह प्रदान

नेपालखोज २०७६ पुष २५ गते २१:२४

२५ पुष, काठमाडौं । आगामी माघ ९ गते हुन गईरहेको राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
निर्वाचन आयोगले अपराह्न १ देखि ४ बजेसम्म उम्मेदवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न प्रदान गरेको आयोगले जनाएको छ । प्रदेश १ को बिराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को घोराही, कर्णाली प्रदेशको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको सिलगढीमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचन प्रयोजनकै लागि आज बिहान १० देखि अपराह्न १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६, नेपाली काँग्रेसका १६, समाजवादी पार्र्टीका ७, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका २/२ गरी ४५ उम्मेदवारले भाग लिएका छन् ।

यसैगरी सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय समूहतर्फ २ र अन्य समूहतर्पm ७ गरी जम्मा १८ रिक्त पदका लागि महिला समूहतर्पm १६, दलित समूहतर्पm ५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समुदाय समूहतर्पm ५ र अन्य समूहतर्फ १९ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया