बिहीबार, जेठ २, २०८२

प्रदेश ३ को राजधानी र नाम टुंग्याउन प्रस्ताव दर्ता हुदैँ, बिहान ९ देखि ११ बजेसम्म प्रस्ताव दर्ता गर्न आह्वान

नेपालखोज २०७६ पुष २६ गते ९:३४

२६ पुष, काठमाडौँ । प्रदेश ३ को स्थायी राजधानी र नाम टुंगो लगाउन शनिबार आज प्रदेश सभामा प्रस्ताव दर्ता हुने भएको छ । पार्टी सचिवालयको निर्देशन अनुसार राजधानी हेटौँडा र नाम बाग्मती रहने गरी प्रदेश सरकारले शनिबार आज प्रस्ताव दर्ता गराउने तयारी गरेको हो ।

तर प्रस्ताव पारीत गर्न ह्विपकै सहारा लिनुपर्ने अवस्थामा नेकपा पुगेको छ । प्रदेश सरकारको प्रस्तावित प्रस्तावमा सांसदहरु एक मत हुन नसकेपनि नेकपा संसदीय दलको शुक्राबार हिजो बैठकले प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । बैठकले प्रदेश ३ को राजधानी हेटौँडा र नाम बाग्मती तोक्ने प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई आज ह्विप जारी गर्ने तयारी गरेको छ ।

पाँचदिन देखि संसदीय दलको बैठका सहमति खोज्ने प्रयास सफल नभएपछि असहमतिका बाबजुद प्रदेश ३ का मुख्यमन्त्री डोममणि पौडेलले पार्टी सचिवालयकै चाहानाअनुसार प्रस्तावमा मतदान गर्न निर्देशन दिएका थिए ।  प्रदेश सभाले शनिबार आज बिहान ९ देखि ११ बजेसम्म प्रस्ताव दर्ता गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया