बिहीबार, चैत १५, २०८०

स्पेनका पर्यटन मन्त्री फ्लोरेशको टोलीले पर्वतको भ्रमण ग¥यो

नेपालखोज २०७६ पुष २६ गते ९:४२

२६ पुष, काठमाडौँ । स्पेनका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेश रेडोण्डोको नेतृत्वमा लुम्बिनी फाउण्डेशनका पदाधिकारी सहितको टोलीले पर्वतका विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाइरहेका बेला राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित स्पेनी मन्त्री नुरियाको टोलीले जिल्लाको सबैभन्दा उचाइमा रहेको कालाञ्जर क्षेत्र र एशियाकै ठूलो महाशिलाको अवलोकन गरेको हो । उनिहरुले त्यस क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हिजो कालाञ्जर क्षेत्रमा आएको टोलीले केही समय त्यहाँको अवलोकन गरी पुनः महाशिला पुगेको हो । उक्त अवलोकनका क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सन् २०२० मा अपेक्षा गरेभन्दा बढी बाह्य पर्यटक नेपाल भित्र्याउनका लागि अन्तरराष्ट्रिय समुदायको ठूलो भूमिका रहेको बताउनु भएको छ ।

प्रतिक्रिया