बिहीबार, वैशाख १३, २०८१

महानगरद्वारा ३८९ को परिवारसँग पुनःमिलान, अहिलेसम्ममा ५ सय ५० जनाको उद्धार

नेपालखोज २०७६ पुष २६ गते १०:०८

२६ पुष, काठमाडौँ । सडक मानवमुक्त अभियान अन्तर्गत ३ सय ८९ जनालाई परिवासँग पुनःमिलन गराइएको छ । काठमाण्डौ महानगरपालिकाले गएको मङ्सिर २९ गतेदेखि सुरु गरेको अभियान अन्तर्गत अहिलेसम्ममा ५ सय ५० जनालाई उद्धार गरेको छ ।

तीमध्ये ३सय ८९ जनालाई परिवारसँग पुनःमिलन गराइएको हो । जसमा ३सय ३७ पुरुष, ४५ महिला र सात बालक छन् । त्यसैगरी १३० जनालाई मनोपरामर्श दिइने क्रममा छ भने २९ जनालाई मानवसेवा आश्रममा राखिएको छ ।

आश्रममा राखिएकामध्ये अधिकांश ज्येष्ठ नागरिक र अनाथ बालबालिका रहेका छन् । महानगरले मङ्सिर २९ गतेदेखि तीन महिनाभित्र सक्नेगरी यस अभियान सुरु गरेको हो । यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्कु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चावहिलचोकगायतका स्थानमा छन् ।

सडकमा बस्नेहरू ४० भन्दा बढी जिल्लाका रहेका भए पनि सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा र चितवनको बढि रहेको आश्रमले जनाएको छ ।

प्रतिक्रिया