शुक्रबार, वैशाख १४, २०८१

भारतमा ट्रकसँग बस ठोक्किएर आगो लाग्दा २० जनाको मृत्यु

नेपालखोज २०७६ पुष २६ गते १०:५५

एजेन्सी । भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ। अन्य २१ जनालाई बसबाट उद्धार गरिएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि छुटेको थियो ।

मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएकाहरुको उपचार सरकारले गर्ने बताएका छन् । सरकारले घाइतेको उपचारका लागि ५० र५० हजार र मृतकका परिवारलाई २र२ लाख रुपैयाँ राहतस्वरुप दिने घोषणा गरका छन् ।

साथै मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएका छन् । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया