बिहीबार, वैशाख ६, २०८१

सरकार नयाँ सहर निर्माणमा लागेको सहरी विकास राज्यमन्त्रीको भनाई

नेपालखोज २०७६ पुष २६ गते १४:३४

२६ पुष, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकार नयाँ सहर निर्माणमा लागेको बताएका छन् । काठमाडांैंमा आयोजित एक कार्यक्रममा उनले उपत्यका नजिकका क्षेत्रमा नयाँ सहर निर्माणमा सरकार लागेको बताए । “उपत्यकाभित्र हैन, उपत्यकाबाहिर नयाँ सहर निर्माणका लागि डिपिआर बनाउने काम भइरहेको छ,” उनले भने।

राज्यमन्त्री मानन्धरले उपत्यकाभित्रको वाग्मती, धोबीखोला करिडोरलाई व्यवस्थित बनाउन सरकार लागिरहेको उल्लेख गरे । वाग्मती व्यवस्थापन गर्न नसकिए काठमाडौँ व्यवस्थित हुन नसक्ने उनको भनाइ थियो । सरकारले धेरै ऐन कानून निर्माण गर्नुपर्ने भएकाले विकास निर्माणका काम सोचेजस्तो अगाडि बढाउन नसकेको स्वीकार गरे । ऐतिहासिक र सांस्कृतिक महत्वको धनी उपत्यकामा नेपाल भ्रमण वर्षमा जतिसक्दो धेरै पर्यटक भित्र्याउन लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया