बुधबार, वैशाख १२, २०८१

सत्य कहिल्यै नहार्ने पूर्व राजाको भनाई

नेपालखोज २०७६ पुष २६ गते १८:३२

२६ पुष, काठमाडौं । विगतमा राष्ट्रनिर्माताका रुपमा चिनिएका पृथ्वी नारायण शाहको २९८ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसंध्यामा पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

आफ्ना पूर्खाको पौरखले जोडिएको, जगेर्ना गरिएको हिमाल, पहाड र तराई मिलेर बनेको प्यारो मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनु पर्ने सन्देश शाहले दिएका छन् । शुभकामना सन्देशमा भनेका छन,‘ देशका सवै भूभागको रक्षा तथा समग्र नेपालीबासीको सम्बृद्धिको लागि गहकिलो प्रयास हुनु पर्दछ । राष्ट्र निर्माता श्री ५ वडामहाराजधिराजका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेका छन् । ’

जनतमा के छ र के भैरहेको छ सबैमा स्पष्ट नै छ । राष्ट्रनिर्माताहरुको बीर गाथाहरू बारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानकको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवम मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन भन्दै उनले सत्य कहिल्यै नहार्ने र स्वाभिमान कहिल्यै नमर्ने अभिव्यक्ति शुभकामना सन्देश मार्फत दिएका छन् ।

प्रतिक्रिया