शनिबार, वैशाख ८, २०८१

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? सावधान !

नेपालखोज २०७६ पुष २८ गते १९:०४

२८ पुष, काठमाडौं । पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ ? तोकिएको जेब्राक्रसबाट बाटो काट्नु भएको छैन ? आकाशे पुल प्रयोग गर्नु भएको छैन भन्ने अब सचेत रहनुहोला । ट्राफिक प्रहरीले अब तपाईलाई त्यतिकै छाड्नेवाला छैनन् ।

अब तपाई पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवालाई समातेर २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू गरेको छ ।

सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाइनेछ, साथै ऊनीहरूकै माध्यमवाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेट समेत वितरण गरिएको छ ।

ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडी सञ्चालन गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीले समाते भने कक्षा नलिइ आफ्नो काममा पैदलयात्री जान पाउने छैनन् । आजमात्रै करिव १००० पैदलयात्रीलाइ सचेतना कक्षा दिईएको छ ।

प्रतिक्रिया