शुक्रबार, वैशाख १४, २०८१

नक्कली भ्याट बिल प्रकरणमा मुछिएका ६ जना विरुद्ध मुद्दा दायर

नेपालखोज २०७६ पुष २८ गते १९:५६

२८ पुस, काठमाडौँ । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा मुछिएका छ जनाविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागले काठमाडौँ—१६ को हाइवे लिंक प्रालि तथा रोज इन्टरप्राइजेजका सञ्चालक फिरोज मास्केसहित जनार्दन भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी, अभिषेककुमार आचार्य र सूर्चन श्रेष्ठविरूद्ध सोमबार मुद्दा दायर गरेको हो। मुद्दामा उनीहरूलाई १२ करोड ६५ लाख बिगो, बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैदको माग गरिएको छ ।

उनीहरूले मालवस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकमात्र खरिद गरेर राजस्व नतिर्ने प्रपञ्च र जालसाजी गरेको अनुसन्धानबाट खुलेको विभागको दाबी छ।

विभागका अनुसार उनिहरुले लाभांश करतर्फ ७५ लाख ९७ हजार २०५, आयकर सात करोड ७१ लाख २ हजार ३२ र र मूल्य अभिवृद्धि कर चार करोड १० लाख ३९ हजार ३१३ छलेका छन् ।

प्रतिक्रिया