बिहीबार, चैत १५, २०८०

आज मौसममा सामान्य बदली, केहि स्थानहरुमा हल्का वर्षा

नेपालखोज २०७६ पुष २९ गते ७:२१

२९ पुस, काठमाडौँ । देशका पश्चिमी भू–भागमा (आज) मंगलबारको मौसममा सामान्य बदली भई अन्य पहाडी भू्–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

(आज) मंगलबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बुधबारको न्यूनतम तापक्रम ३.६ र अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस मापन भएको थियो ।

प्रतिक्रिया