शुक्रबार, वैशाख ७, २०८१

चार वर्षदेखि बन्द पर्यटन सूचना केन्द्र

नेपालखोज २०७६ पुष २९ गते ७:३५

२९ पुस, काठमाडाैं । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा रहेको पर्यटन सूचना केन्द्र करीब चार वर्षदेखि बन्द रहेको छ ।

पर्यटकीय क्षेत्रको सूचना संकलन गर्ने, प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको केन्द्र आर्थिक अभावले ४ वर्षदेखि बन्द भएको पर्यटन सूचना केन्द्रका अध्यक्ष दीपकराज खड्काले जानकारी दिए ।

बालमन्दिर हलमा रहेका कार्यालयले भाडा नै तिर्न नसकेपछि सूचना केन्द्र बन्द भएको खड्काले बताए । ‘२०७१ मा स्थापना भएको केन्द्र २०७२ चैतसम्म सञ्चालन भएको थियो,’ उनले भने,‘त्यस यता चार वर्षको भाडा झन्डै डेढ लाख रुपैयाँ भएको छ ।

सो तीर्न नसक्दा भ्रमण वर्षमा समेत कार्यालय सञ्चालनमा ल्याउन सकिएको छैन ।’ यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया