बुधबार, वैशाख १२, २०८१

शेयर बजारमा जनताको आकर्षण बढ्दै गईरहेको अर्थमन्त्री खतिवडाको भनाई

नेपालखोज २०७६ पुष २९ गते १८:३०

२९ पुस, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो समय शेयर बजार प्रति आम नागरिकहरुको धारणा सकारात्मक हुँदै गएका कारण शेयर बजारमा आकर्षण बढेको बताएका छन् ।

नेपाल स्टक एक्सचेन्स लिमिटेडको २७ औ बार्षिकोत्सवलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा मन्त्री खतिवडाले बाहिर हल्ला गरे जस्तो शेयर बजारको अवस्था नाजुक नभएको भन्दै शेयरबजारलाई व्यवस्थित र मर्यादिन बनाउनका लागि सरकार लागि रहेको बताए ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद संस्थाले गरेका प्रमुख उपलब्धीहरुको बारेमा जानकारी दिएका थिए । धितोपत्र सम्वन्धी ऐन अनुसार सञ्चालित नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेपाल सरकारको स्वामित्वमा रहेको छ ।

नेपाल सरकार तथा संगठित संस्थाहरुले जारी गरेका धितोपत्रहरुको कारोबारका लागि दोस्रो बजार उपलब्ध गराई पुँजी निर्माण तथा परिचालनमार्फत मुलुकको आर्थिक विकासमा योगदान एवं लगानीकर्ताको हित प्रवद्र्धन गर्ने उदेश्यले २७ वर्ष अघि नेपाल स्टक एक्सचेन्ज स्थापना गरिएको हो ।

यसले सदस्य दलालहरुमार्फत सेयर, ऋणपत्र, म्युचुअल फन्डका एकाई लगायतका धितोपत्रहरुको कारोबार गर्ने/गराउने उद्देश्य अनुरुप नेप्सेले बजार सञ्चालन, सूचीकृत कम्पनी एवं धितोपत्र व्यवसायीहरुका सन्दर्भमा अग्रपक्तिंको नियमन निकायको भूमिका पनि निर्वाह गर्दै आएको छ भने सूचना प्रवाह एवं संस्थागत सुशासनको संस्कृति प्रवद्र्धनलाई पनि नेप्सेले जोड दिएको छ ।

हाल नेप्सेले ५० सदस्य दलालमार्फत काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर प्रमुख सहरहरुमा ४१ वटा Remote Work Station (RWS) बाट सर्वसाधारण लगानीकर्तालाई धितोपत्र किनबेच सुविधा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया