बुधबार, वैशाख १२, २०८१

आज माघे संक्रान्ती पर्व, राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शुभकामना

नेपालखोज २०७६ माघ १ गते ७:५८

१ माघ, काठमाडौं । आज बुधबार माघे संक्रान्ति पर्व, घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

थारु समुदायले आज बुधबार माघी पर्व विशेष रुपमा मनाउँदैछन् । ज्योतिष शास्त्रनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो ।

सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । आज बुधबार देशका विभिन्न तीर्थस्थलमा स्नानगरी दान तथा पूजा गर्नेको भीड लागेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्नदबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित विभिन्न दलका नेता तथा कार्यक्रर्ताहरुले माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

पर्वले राष्ट्रिय एकता र नागरिकबीच भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने नेताहरुको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया