बुधबार, वैशाख १२, २०८१

पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब, शुक्रबारदेखि देशभर वर्षा र हिमपात हुने सम्भावना

नेपालखोज २०७६ माघ १ गते ९:४०

१ माघ, काठमाडौं । लगातार केहि दिनदेखि मौसममा सुधार देखिएकोमा आज बुधबार रातिबाट पुनः मौसममा बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, शुक्रबारसम्ममा देशभर बदली भइ वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।
आज बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

नयाँ मौसमी प्रणालीका कारण भोली बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रतिक्रिया