शुक्रबार, वैशाख ७, २०८१

दिल्ली पुगेर राजनाथसँग भेटे पौडेलले

नेपालखोज २०७६ माघ १ गते १६:१७

१ माघ, काठमाडौं। स्वास्थ्य उपचारका लागि भन्दै दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता गरेका छन् । सोमबार दिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका पूर्वअध्यक्ष समेत रहेका सिंहसंग आज नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपालको पछिल्लो राजनीतिको अवस्था र नेपाल भारतबीचको सम्बन्धका बारेमा उनले छलफल गरेको बताइएको छ ।
कांग्रेसको १४औँ महाविधेशनका सम्बन्धमा पार्टीको केन्द्रीय कार्यसमितिले बहुमतका आधारमा निर्णय गरेपछि नेतृत्वसँग पौडेल असन्तुष्ट बनेका थिए । वरिष्ठ नेता पौडेल र भारतका रक्षामन्त्री सिंहबीचको भेटवार्तालाई राजनीतिक रुपमा विशेष महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया