ट्याङ्करको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु
नेपालखोज
२०७६ माघ २ गते ८:४४
२ माघ, चितवन । ट्याङ्करको ठक्करबाट बुधबार राति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ ख ८१४१ नंम्बरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन् । शव भरतपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया