माघ ६ गते बस्ने संसद बैठक म आफै चलाउँछुः उपसभामुख तुम्बाहाङ्फे
नेपालखोज
२०७६ माघ २ गते १०:०३
२ माघ, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले माघ ६ गते बस्ने संसदको बैठक आफैँले चलाउने बताएकी छन् । उपसभामुख तुम्बाहाङ्फेले आफूलाई ६ गते बस्ने संसदको बैठक चलाउनेबाहेक अरु केही पनि जानकारी नभएको बताएकी छन् ।
उपसभामुख तुम्बाहाङ्फेले नेकपाको सचिवालय बैठकले राजीनामा दिन आग्रह गरेकोमा उनले त्यस्लाई बारम्बार अस्वीकार गर्दै आएकी छन् ।
आज बिहान संचारकर्मिसँग कुरा गर्दै उपसभामुख तुम्बाहाङ्फेले आफ्नो राजीनामा बारे अब कुनै प्रश्न नसोध्न आग्रह गरेकी छन् ।
नेकपाका सचिवालय सदस्य झलनाथ खनालले केही दिनअघि पार्टीले सभामुख निर्वाचित गरेपछि उपसभामुख पद स्वतः निस्क्रय हुने तर्क समेत गरेका थिए । तर उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्विकार गर्दै आएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया