बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय सभा निर्वाचनः दलहरू चुनावी प्रचारमा, कुल १८ पदका लागि निर्वाचन हुँदै

नेपालखोज २०७६ माघ २ गते १०:४९

२ माघ, काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार तथा राजनीतिक दल चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेसँगै उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त रहन थालेका छन् ।

उम्मेदवारलाई प्रदेश सांसद, स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने भएकाले अन्य निर्वाचनजस्तै उम्मेदवार जनताका घरदैलो पुग्नु परेको छैन् । उम्मेदवार तथा राजनीतिक दलले प्रदेश सांसद, स्थानीय तह प्रमुख र उपप्रमुखसँग भेटघाट, छलफल, बैठक, भेला गर्दै विजयी माहौल बनाउन लागेका छन् । आयोगद्वारा सार्वजनिक निर्वाचन तालिकाअनुसार आगामी ९ माघमा मतदान हुनेछ ।

आयोगले उम्मेदवारलाई सम्बन्धित पार्टीकै चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभाको रिक्त १८ सदस्यका लागि निर्वाचन हुँदैछ । नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले सातै प्रदेशमा चुनावी कार्यक्रम भइरहेको जनाए ।

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले १६, कांग्रेसले १६, समाजवादी पार्टीले ७, राजपाले २, नेपाल मजदुर किसान पार्टीले दुई र राष्ट्रिय जनमोर्चा पार्टीले दुई उम्मेदवार चुुनावी प्रतिस्पर्धामा उतारेका छन् ।

प्रतिक्रिया