सोमबार, वैशाख १५, २०८२

कृषि विकास बैंकलाई दुई अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति

नेपालखोज २०७६ माघ २ गते १५:५६

२ माघ, काठमाडौँ । कृषि विकास बैंक (एडिविएल) लाई दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले बैंकको एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न पुस २९ गते अनुमति दिएको हो।

बैंकले “१०.३५ एडिबिएल कृषि बैंक ऋणपत्र २०८३” नामक ७ वर्षे ऋणपत्र जारी गर्ने भएको हो। बैंकले एक हजार रुपैयाँका दरले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। जसमध्ये एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ।

उक्त ऋणपत्रमा १०.३५ प्रतिशत ब्याजदर भुक्तानी गर्ने जनाएको छ। ऋणपत्र जारी गर्ने कार्यको लागि बैंकले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिसकेको छ।

इक्रा नेपालले बैंकको ऋणपत्रलाई न्युन जोखिम रहेको रेटिङ ‘इक्रा एनपि एलए’ प्रदान गरेको छ। यस रेटिङले ऋणपत्रमा लगानी गर्दा कम जोखिम रहेको जनाउँदछ।

प्रतिक्रिया