बिहीबार, वैशाख १३, २०८१

दुर्घटनामा निधन भएका प्रहरीप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

नेपालखोज २०७६ माघ ३ गते १०:३४

३ माघ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा बुधबार हिजो भएको दुर्घटनामा निधन भएका प्रहरीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

माघेसङ्क्रान्ति मेलाको सुरक्षामा खटिएर फर्कदै गरेको बा १ ग २८११ नम्बरको भ्यान सो स्थानमा दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको निधन हनुका साथै अन्य ३० जना प्रहरी घाइते भएका थिए ।

मुख्यमन्त्री गुरुङले आज बिहीबार जारी गरेकोे शोकवक्तव्यमा गाडी दुर्घटनामा परी प्रहरी जवान केसीको निधन र अन्य प्रहरी घाइते भएको खबरले आफूलाई दुःखित बनाएको उल्लेख छ । मृतक प्रहरी जवानको परिवारप्रति समवेदना व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले घाइते प्रहरीको शीघ्रस्वास्थ्य लाभको कामनासमेत गरेका थिए ।

घाइतेको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । यसैगरी आज बिहीबार तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले दुर्घटनास्थलको निरीक्षण गरेका छन् ।

प्रतिक्रिया