शुक्रबार, वैशाख ७, २०८१

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’ छनौट

नेपालखोज २०७६ माघ ३ गते १३:३०

काठमाडौं। आगामी फागुन १ गतेदेखि शुरु हुन गईरहेको तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) मा पत्रकार गणेश पाण्डेद्धारा निर्देशित बृत्तचित्र ‘सहायक श्रीमान्’ छनौटमा परेको छ ।

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको सो महोत्सवमा विभिन्न देशका ८० चलचित्र छनौटमा परेका छन् भने नेपालबाट एक मात्र चलचित्र ‘सहायक श्रीमान्’ छनौटमा पर्न सफल भएको हो ।

कार्यक्रमको घोषणा गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देश विकासमा नेपाली चलचित्रको भूमिका महत्वपूर्ण हुने बताउँदै नेपाली चलचित्र क्षेत्रलाई केहि समस्या पर्दा आफु हरपल सहयोगका लागि तत्पर रहेको बताए ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ नारासहित हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकामा यो वर्ष एनिमेसन र वृत्तचित्रको विधालाई पनि समेटिएको छ आयोजकले जनाएको छ ।

नेपालबाट छनौटमा परेको निर्देशक गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्र नेपालको हिमाली क्षेत्रमा रहेको बहुपति प्रथामा आधारित छ । अहिले पनि नेपालका केही हिमाली जिल्लामा घरमा जति दाजुभाई भए पनि एउटै श्रीमती बिहे गर्ने प्रचलनलाई मुख्य विषयवस्तुको रुपमा उतारिएको छ ।

महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेर फिल्म प्रर्दशन गरिने छ । महोत्सवमा ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट छनौट गरिएका ८० चलचित्र प्रर्दशन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया