शुक्रबार, चैत १६, २०८०

विश्व कै होचा थापाले संसार छाडे

नेपालखोज २०७६ माघ ३ गते १९:२६

३ माघ, पोखरा । विश्वकै होचा व्यक्तिका रुपमा किर्तिमान राखेका २७ बर्षिय खगेन्द्र थापा मगरको निधन भएको छ । बागलुङ जिल्ला धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्मिएका थापालाई मुटु, निमोनिया र दमको रोग देखिए पछि मणिपाल अस्पतालमामा विहिबार भर्ना गरिएको थियो । भर्ना गरिए लगतै थापालाई अस्पतालले सघर उपचार कक्ष (आईसियु) मा भर्ना गरिएको थियो ।
उपचारत थापालाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत पुष्टि गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मिनबहादुर रानाले बताए।

प्रतिक्रिया