बिहीबार, वैशाख १३, २०८१

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्टस् को अध्यक्षमा गुरागाइँ निर्वाचित

नेपालखोज २०७६ माघ ३ गते २२:५६

३ माघ, काठमाडौँ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा अच्युत गुरागाइँ निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा त्रिपक्षीय भिडन्तमा गुरागाइँले बाजी मारेका हुन् । निर्वाचनमा लागि साँझ ५ : ३० बजे मतदान समय तोकिएको थियो । मतदान सकिएको केही समयमा नै ४ समूहमा मतगणना शुरु राती १० : ३० बजेसम्म मतगणना गरिएको थियो ।
प्राप्त मत परिणाम अनुसार अध्यक्षका लागि अच्चुत गुरागाइँले १ सय ५० ल्याएर निर्वाचित भएका छन् भने उनका निकटम प्रतिद्धन्दी भीमप्रसाद पन्तले १ सय २६ मत र मिहिका शाह धाख्वाले १ सय ९ मत प्राप्त गरेको जनाएको छ ।

प्रतिक्रिया