बिहीबार, चैत १५, २०८०

लगातार दुई दिनको वर्षा पछि काठमाडौँमा बाक्लो हुस्सु, महाशाखा भन्छ क्रमिक सुधार हुँदै जान्छ

नेपालखोज २०७६ माघ ४ गते ७:४२

४ माघ, काठमाडौँ । लगातार दुई दिनको वर्षा पछि आज काठमाडौँ उपत्यकामा अहिले बिहान बाक्लो हुस्सु लागेको छ । बिहान हुस्सु लागे पनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम हुँदै गएकाले मौसम विस्तार सफा हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमानमा आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जानकारी दिएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली भई एक दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको महाशाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी, आज दिनभर आंशिक र सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । पहाडी र तराईका केही भू–भागका थोरै स्थानमा मात्रै हल्का वर्षा हुने छ । भने उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति भने देशको पहाडी भू–भागमा आंशिक र सामान्य बदली हुन सक्ने तथा तराईका केही भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया