शुक्रबार, चैत १६, २०८०

गोरखाको मनास्लुमा हिमपहिरो, पदमार्ग अवरुद्ध

नेपालखोज २०७६ माघ ४ गते ९:३०

४ माघ, गोरखा । हिमपहिरोका कारण गोरखाको मनास्लु पदमार्ग अवरुद्ध भएको छ । चुमुनुब्री गाउँपालिका वडा नं ४ को नामरुङमा बाटोमाथि लगातारको हिमपात पछि थुप्रिएको हिउँ पहिरो भइ खस्दा पदमार्ग अवरुद्ध भएको वडाअध्यक्ष पेमा डुण्डुप लामाले बताउनुभयो ।

नामरुङ गाउँभन्दा करिब ५ सय मिटर माथिबाट खसेको हिउँपहिरो बुढीगण्डकी नदीसम्म पुगेको उहाँको भनाई छ । पदमार्गको करिब २५ मिटर क्षेत्रमा हिउँसहितको पहिरो थुप्रिएको लामाले बताउनुभयो । फेरि पहिरो खस्ने सम्भावना भएकाले तत्काल पदमार्गको पहिरो पन्छ्याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, चुमनुब्री गाउँपालिका वडा नं. २ को भर्जम गाउँको तल र माथि तथा भर्जमथांकामा पनि हिमपहिरो गएको वडा अध्यक्ष पेम्बारेता लामाले बताउनुभयो । हिमपहिरोबाट मानवीय क्षति नहोस भनेर यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया