बिहीबार, असोज ४, २०८०

सभामुख चयनबारे ओली र प्रचण्डविच आज पनि छलफल हुँदै, सहमति जुट्ला त ?

नेपालखोज २०७६ माघ ४ गते ९:३४

४ माघ, काठमाडौँ । सभामुख चयन प्रक्रिया अघि बढाउन आज पनि सत्तासीन नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल हुने भएको छ ।

यसअघि हिजोपनि सभामुख कसलाई बनाउने भन्ने तीब्र विवादबीच अध्यक्षद्वयबीच सभामुख निर्वाचनबारे सौहार्दरुपमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

हिजो कांग्रेससँग सत्य निरूपणबारेको छलफलपछि दुई अध्यक्षबीच बालुवाटारमा सभामुख निर्वाचनबारे छलफल भएको हो । पूर्वमाओवादी कि पूर्वएमालेबाट सभामुख उम्मेदवार बनाउने भन्नेमा नेकपाभित्र तीब्र विवाद छ ।

पार्टी अध्यक्ष दाहालको अध्यक्षतामा केही दिनअघि बसेको सचिवालय बैठकले सभामुख निर्वाचनका लागि उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको थियो ।

आफूलाई सभामुख उम्मेदवार बनाए मात्र राजीनामा दिने उपसभामुख तुम्बाहाङफेको अडानपछि पार्टी्भित्र तीब्र विवाद सिर्जना भएको थियो । संसद्मा झण्डै दुई तिहाई बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार चयन नगर्दा संसद् बैठक एक महिनादेखि बन्धक बनेको छ ।

पुस ४ बाट सुरु भएको बैठक पटकपटक सूचना टाँसेर माघ ६ गतेलाई तोकिएको छ । माघ ६ गतेसम्म सभामुख चयन गर्ने दुईअध्यक्षले छलफल अघि बढाएको प्रेस सल्लहाकार थापाले बताए ।

प्रतिक्रिया