शनिबार, वैशाख १५, २०८१

वेपत्ता आयोग गठन गर्न ओली, प्रचण्ड र देउवा बालुवाटारमा

नेपालखोज २०७६ माघ ४ गते १२:००

४ माघ, काठमाडौँ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका विषयमा शनिबार आज पनि प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभापति शेरबहादुर देउवाबिच छलफल भइरहेको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

आजै यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते गठन गरिएको सर्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ ।

उक्त समितिले राजनीतिक सहमति पर्खेर बसेकाले आज वालुवाटरको अध्यक्ष ओली, प्रचण्ड र सभापति देउवाको छलफलले नाम सिफारिस गर्दैछ ।
स्रोतका अनुसार सत्य निरुपणमा गणेशदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्दैछन् ।

भट्टकांग्रेसको सिफारिसमा आयोग अध्यक्ष हुन लागेका हुन । वेपत्तामा भने सुवास नेम्वाङको सिफारिसमा सर्वोच्चका एक पूर्वन्यायधीशको नाम सिफारिस हुने स्रोतले जनाएको छ ।

बैठकमा कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, नेकपाबाट सुवास नेम्बाङ र खिमलाल देवकोटा सहभागी छन् ।

प्रतिक्रिया