गायिका राउतलाई अभद्र व्यवहारको मुद्दामा कारबाहीको तयारी
नेपालखोज
२०७६ माघ ४ गते १२:२७
४ माघ, काठमाडौँ । गायिका आस्था राउतमाथि प्रहरीले कारबाही प्रक्रियाअघि बढाएको छ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा गायिका राउतले गरेको ‘अभद्र व्यवहार’को मुद्दामा प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको हो ।
सुरक्षा जाँचका क्रममा गायिका राउतको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो । महिला प्रहरी श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएकोमा जाहेरी शनिबार आज महानगरीय प्रहरी परिसर काठमाडौंमा पुग्दैछ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा उक्त जाहेरी प्राप्त भएपछि गायिका राउतमाथि कारबाहीको प्रक्रिया अघि बढ्ने काठमाडौं परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया