ग्रील तथा स्टिल व्यवसायी संघ कमलपोखरीको साधारण सभा (भिडियो सहित)
काठमाडौँ । ग्रील तथा स्टिल व्यवसायी संघ अन्र्तगतको कमलपोखरी इकाई कमिटीले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आईतबार ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालले देशभित्रै दक्ष जनशक्ति उत्पादन गर्न सरकारले जोड दिनुपर्ने धारणा राखे । उनले स्वदेशी उत्पादनहरुलाई प्रत्साहन गर्ने तर्फ ध्यान दिन सरकार चुकेको भन्दै उद्योगहरुलाई उपयुक्त वातावरण भए देशमा विद्यमान व्यापार घाटापनि कम हुने बताए । उनले साना उद्योगहरुको संरक्षणमो विशेष ध्यान दिन सरकारसँग माग गरे । उद्योगीहरुलाई नविनतम् प्रविधिको उच्चतम प्रयोगकालागि आग्रह गरेका कटुवालले श्रम र साधनको सहि प्रयोग गर्न तर्फ सबै उद्योगीहरुको ध्यानाकर्षण गराएका थिए ।
सोही कार्यक्रममा ग्रील तथा स्टिल व्यवसायी महासंघका उपाध्यक्ष सुर्य कडेलले साना उद्योगको संरक्षणमा स्थानीयले सहयोग गरिदिन आग्रह गरे । उनले स्थानीयको असहयोगले उद्योगहरु धरासायी बन्दै गएको भन्दै जनस्तरमा उद्योगप्रतिको चेताना सकारात्मक हुनुपर्ने बताए ।
कार्यक्रमका अधिंकाश वक्ताले सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना लगाएत अन्य सरकारी नीतिहरु व्यवसाय मैत्री नभएको गुनासो गरेका थिए । उनीहरुले उद्योग मैत्री नीति आजको प्रमुख आवश्यकता भएकाले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।
https://www.youtube.com/watch?v=vJ1_7RmgJLQ
प्रतिक्रिया