बिहीबार, वैशाख १३, २०८१

पश्चिमी वायुको प्रभावले आज फेरि काठमाडौँमा चिसो, मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना

नेपालखोज २०७६ माघ ६ गते ८:११

६ माघ, काठमाडौं । काठमाडौँलगायत देशैभरि पश्चिमी वायुको प्रभावले मौसममा उतारचढाव भइरहेको छ । आज सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस रहेको छ ।

आज चिसो फेरि बढेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । आजको अधिकतम तापक्रम १६ डिग्रीसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

आज सोमबार बिहान देशको पूर्वी भूभागमा सामान्य बदली भएको र अन्य पहाडी भूभागमा आंशिक बदली भएको समविद् समीर श्रेष्ठले बताए । तराईका भूभागहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको उनले बताए ।

महाशाखाका अनुसार मध्यान्हसम्म सबै क्षेत्रमा बदली हुनेछ । मध्य र पश्चिम नेपालमा वर्षा हुने सम्भावना रहेको छ । मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको छ । मौसमविद् श्रेष्ठका अनुसार यसको प्रभाव छोटो हुनेछ र सकभर सोमबार राति नै पनि यो प्रभाव सकिन सकिनेछ ।

प्रतिक्रिया