बुधबार, माघ २, २०८१

बाह्रबिसे बजारमा लगाइएको निषेधाज्ञा हट्यो

नेपालखोज २०७६ माघ ६ गते ८:१७

६ माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ । आइतबार हिजो बेलुका ९ बजे जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएको हो ।

Advertisement

नगरपालिकाले अतिक्रमित घरटहरा भत्काएपछि त्यसको समर्थन र विरोधमा विवाद बढ्दै गएपछि बाह्रबिसेको बजार क्षेत्रमा आइतबार निषेधाज्ञा जारी गरिएको थियो । समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएपछि अहिले अवस्था सामान्य रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

समितिले प्रतिवेदन नबुझादासम्म घरटहरा भत्काउने काम रोकिने निर्णय पनि भएको छ । नगरपालिकाले अतिक्रमित घरटहरा भत्काएपछि त्यसको समर्थन र विरोधमा विवाद बढ्दै गएपछि बाह्रबिसेको बजार क्षेत्रमा आइतबार निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया