शुक्रबार, वैशाख १४, २०८१

महानगरीय ट्राफिक प्रहरीद्वारा एकै दिन १ सय १६ चालक कारबाहीमा

नेपालखोज २०७६ माघ ६ गते ८:४१

६ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा सिसिटिभीमार्फत निगरानी गरी एकै हिजो आइतबार दिन १ सय १६ सवारी चालकमाथि कारबाही गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो आइतबार काठमाडौ, भक्तपुर र ललितपुरका सडकमा जडान गरिएका सिसिटिभीमार्फत निगरानी गरी ती सवारीचालकमाथि कारबाही गरिएको हो । पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि सिसिटिभीबाट निगरानी गरी कारबाही गर्दै आएको छ । ट्राफिक नियम पालना गराउन यो प्रभावकारी बन्दै आएको ट्राफिक प्रहरीको भनाइ छ ।

आइतबार उपत्यकामा कूल १ हजार ७ सय १२ सवारी तथा चालकमाथि कारबाही गरिएको थियो । जसमा १ सय ४१ फुटपाथ पार्किङ, ९५ लेन अनुशासन उल्लङ्घन, ८८ अनधिकृत पार्किङ, ७१ मापसे, ५५ हर्न, ४२ जेब्राक्रसिङमा सवारी रोक्ने, ३७ भाडाका कार ट्याक्सी, ६ टिपर तथा १ हजार ६६ अन्य कारबाही रहेको महाशाखाले जनाएको छ ।

उक्त दिन उपत्यकामा ३४ वटा सवारी दुर्घटना भएका थिए। जसमा १८ जना सामान्य घाइते भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया