शनिबार, वैशाख १५, २०८१

प्रदेश १ मा लोकसेवा आयोग पदाधिकारीको नाम सिफारिस

नेपालखोज २०७६ माघ ६ गते १९:२२

६ माघ, काठमाण्डौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेश लोकसेवा आयोगका पदाधिकारीको नाम सिफारिस गर्न बनेको समितिले आज तीन जनाको नाम सिफारिश गरेको छ ।

प्रदेश लोकसेवा आयोगका लागि अध्यक्षमा नेपाल सरकारको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई हुनुहुन्छ भने सदस्यमा मुख्यमन्त्री कार्यालयका पूर्वउपसचिव टीकादत्त राई र प्राध्यापक एवं साहित्यकार सजना दाहाललाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

प्रदेश लोकसेवा आयोगका लागि पदाधिकारीलाई बनेको समितिको सदस्य सभामुख र प्रतिपक्षी दलका नेता रहने व्यवस्था रहेको प्रदेश नं १ का प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया