बिहीबार, असोज ४, २०८०

गुरुङको निधनप्रति पूर्वराजाद्धारा शोक व्यक्त

नेपालखोज २०७६ माघ ६ गते १९:२७

६ माघ, काठमाडौं । शिक्षासेवी एवं पूर्व राजपरिषद्का स्थायी समितिका सदस्य प्राध्यापक गणेश बहादुर गुरुङको निधन प्रति पूर्व राजा ज्ञानेन्द्र शाहले शोक व्यक्त गरेका छन् । पर्वतको ठानामौलामा विस १९९५ कार्तिकमा जन्मिएका गुरुङ्गको आज विहान ९ बजे आफ्नै निवासमा निधन भएको थियो ।

राजनीति शास्त्रमा एमए गरेका गुरुङले २०२६ सालदेखि २०५९ सालसम्म त्रिभुवन विश्वविदालयमा काम गरेका थिए । विश्वविद्यालयमा सहायक डिन र क्याम्पस प्रमुखका रुपमा उनले १६ वर्ष काम गरेका थिए । उनी राजा ज्ञानेन्द्रको शासन कालमा राजपरिषद् स्थायी समितिका सदस्य बनेका थिए ।

प्रतिक्रिया