बिहीबार, वैशाख १३, २०८१

आज मौसममा सामान्य बदली, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

नेपालखोज २०७६ माघ ७ गते ८:५५

७ माघ, काठमाडौँ । देशका अधिकांश भूभागमा मंगलबार आज मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।

मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

प्रतिक्रिया