शुक्रबार, वैशाख ७, २०८१

विप्लवका पूर्व केन्द्रीय सदस्य लोहनी फेरि पक्राउ

नेपालखोज २०७६ माघ ७ गते ९:३१

७ माघ, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी चितवनबाट फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको विषेश व्युरोले लोहनीलाई चितवनको आदर्शनगरबाट सोमबार साँझ पक्राउ गरेका हो । ब्युरोले लोहनीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएको छ ।

पुनः चन्दा उठाउन थालेको सूचना पाएपछि नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले लोहनीलाई तत्काल पक्राउ गर्न ब्युरोलाई निर्देशन दिएका थिए ।

महानिरिक्षक खनालको निर्देशनमा व्युरोले लोहनीलाई पक्राउ गरेको हो । लोहनी यस अघि पक्राउ परेर छुटेका थिए । उनी दिर्घरोगी रहेको भन्दै सामान्य तारेखमा छुटेका थिए । अस्वस्थ रहेको कारण लोहनीले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया