शुक्रबार, वैशाख १४, २०८१

सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित हुँदै

नेपालखोज २०७६ माघ ७ गते १४:११

७ माघ, काठमाडौं, संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेसँग नेकपाका तर्फबाट सभामुखमा उम्मेदवारी दिएका अग्ति सापकोटा निर्विरोध निर्वाचित हुने भएका छन् । नेकपा भित्र लामो खिचडी पश्चात सापकोटालाई सभामुख बनाउन दुई अध्यक्ष ओली र दाहाल सहमत भएका थिए ।

सभामुख पदमा अग्नि सापकोटाले उम्मेदवारी दर्ता गराएपनि सत्ता पक्षसँग यथेष्ट मत भएकाले नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेस संसदीइ दलका सचेतक पुष्पा भुसालले जानकारी दिएकी छिन् ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको वैठकले आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय भएको भूसालले बताईन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्ववहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ । सभामुख पदमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णयसँग अन्य दलहरुबाट पनि उम्मेदवारी नपरे सापकोटा निर्विरोध निर्वाचित हुने छन् ।

प्रतिक्रिया