शुक्रबार, वैशाख १४, २०८१

पश्चिमी वायुको प्रभाव सकियो, अधिकांश स्थानको मौसम सफा रहने

नेपालखोज २०७६ माघ ८ गते १०:१५

८ माघ, काठमाडौँ । नेपालमा सक्रिय पश्चिमी वायुको प्रभाव बुधबार आज भने सकिएको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार आज काठमाडौंको न्यूनतम तापक्रम १ दशमलब ६ डिग्री सेल्सीयस रहेको छ । राजधानीमा न्यूनतम तापक्रम सामान्य थपघट भइरहेको महाशाखाले जनाएको छ ।

आज देशको तराई भूभागका अधिकांश स्थानलगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो मौसम सामान्यतया सफा रहने र तराईका भूभागमा भने हुस्सु र कुहिरो रहने जनाइएको छ ।

भोलि बिहीबार र पर्सि शुक्रबार पनि मौसम देशैभर सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । तर, तराई क्षेत्रमा हुस्सु र कुहिरोको प्रभाव रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया