मंगलबार, वैशाख ११, २०८१

दीपक मनाङेले भने, ‘ठगलाई झापड हानेको हुँ’

नेपालखोज २०७६ माघ ८ गते १७:५६

८ माघ, पोखरा । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङ ठग भएको आरोप लगाएका छन् ।

उनी ठग भएकाले आफूले झापड हाने गुरुङले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । ्

उनले मंगलबार पोखरामा आयोजित मुख्यमन्त्री कप फुटबलको उद्घाटन समारोहमा मिलनलाई झापड हानेका थिए।

‘मनाङबाट आएका खेलाडीको बसोबास प्रबन्ध नमिलाएको देखेपछि सुरुमा सम्झाएको हुँ। तर, सम्झाउँदा ठूला कुरा गरेपछि ठगलाई झापड हानेँ’, पत्रकार सम्मेलनमा मनाङेले भने, ‘के ठगलाई झापड नहानेर माला लगाउने त ?’ उनले ठगलाई आफूले मात्र नभएर सबैले झापड हान्नुपर्नेसमेत बताए।

यता अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन् ।

 

प्रतिक्रिया