बिहीबार, वैशाख १३, २०८१

भोलि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनकालागि तयारी पूरा

नेपालखोज २०७६ माघ ८ गते १८:३१

विराटनगर । भोलि बिहीवार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विराटनगरको वीरेन्द्र सभागृहमा रहेको प्रदेश नं. १ को मतदान स्थलको तयारी पूरा भएको छ ।

वीरेन्द्र सभागृहमा हुने मतदानमा प्रदेश सांसदहरुका लागि एउटा केन्द्र र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि अर्को मतदान केन्द्र स्थापना गरिएको वीरेन्द्र सभागृह मतदान केन्द्रका मतदान अधिकृत बेनु कुमार पौडेलले जानकारी दिए ।

प्रदेश नं. १ मा ९३ जना प्रदेश सांसद र २ सय ७४ जना स्थानीय तहका प्रमुख उपप्रमुखहरु गरी कुल ४ सय ६७ मतदाता रहेका छन् ।

बिहान १० बजेदेखि ४ बजे सम्म मतदान हुने र बेलुका नै राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला निर्वाचन कार्यालयमा मतगणना गरिने बताइएको छ ।

प्रतिक्रिया