बिहीबार, वैशाख १३, २०८१

यस्तो रह्यो राष्ट्रिय सभाको निर्वाचन (फोटो फिचर)

नेपालखोज २०७६ माघ ९ गते १६:२७

९ माघ, काठमाण्डौ। राष्ट्रियसभाको रिक्त १८ सिटका लागि भएको निर्वाचनमा मतदान सकिएको छ ।

निर्वाचन आयोगका अनुसार, बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भइ अपराह्न ४ बजे सकिएको हो ।

५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सांसद्को पदावधि यही फागुन २० मा समाप्त हुँदैछ । तीमध्ये राष्ट्रपतिबाट मनोनित एक जनाको पनि समयावधि सकिन लागेकाले आज १८ सिटका लागि चुनाव हुँदैछ । प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

आयोगका अनुसार, कूल मतभार ५३ हजार ५ सय ८ रहेको छ । चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

आयोगका अनुसार, निर्वाचनको केही घण्टामै मतपरिणाम सार्वजनिक हुनेछ ।

प्रतिक्रिया