शुक्रबार, चैत १६, २०८०

गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ भगवती न्यौपाने विजयी

नेपालखोज २०७६ माघ ९ गते १८:२२

९ माघ, काठमाण्डौ । राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन् ।

नेकपा प्रवक्ता रहनुभएका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी भएका हुन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गरेका हुन् ।

यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरे । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गरेको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए।

आज बिहान १० बजेदेखी साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया