बिहीबार, चैत १५, २०८०

प्रदेश नम्बर ५ मा नेकपाका सबै उम्मेदवार विजयी

नेपालखोज २०७६ माघ ९ गते १९:३४

९ माघ, काठमाण्डौ । प्रदेश नम्बर ५ मा बिहीवार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् । यस प्रदेशमा तीन सदस्यका लागि ९ जनाको उम्मेदवारी परेको थियो ।

नेकपाका तर्फबाट अपांग र अल्पसंख्यक कोटाबाट जगप्रसाद शर्मा ५ हजार ४ सय २४ मत सहित विजयी भए । शर्माका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेराज अहमद हलवाईले १ हजार ९८६ मतभार प्राप्त गरेर पराजित भए ।

संघीय समाजवादी पार्टीका सुनिल सिंघलले जम्मा ४ सय २० मतभार प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फ नेकपाका तर्फबाट विमला घिमिरेले ५ हजार ७ सय ७८ मतभार ल्याएर विजयी भएकी छन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपाने २ हजार १ सय मत मात्र प्राप्त गरिन् ।

त्यसैगरी अन्य समूहका तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराई विजयी भएका छन् । भट्टराईले ५ हजार ३ सय ८२ मत ल्याएर विजयी भए ।

यस्तै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका बालकृष्ण पाण्डेले २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजवादीका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद यादवले जम्मा ४ सय ४४ मतभार ल्याएका छन् ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका शिव पौडेलले १ सय ५६ मतभार प्राप्त गरेका छन् । प्रदेश पाँचमा ३ सय ५ मतदाता रहेकोमा ३ सय ३ जनाको मात्र मत खसेको थियो ।

प्रतिक्रिया