शुक्रबार, चैत १६, २०८०

घुससहित पुनर्निर्माण प्राधिकरणका सब-इन्जिनियर पक्राउ

नेपालखोज २०७६ माघ १० गते १५:४४

भोजपुर । पुनर्निर्माण प्राधिकरण भोजपुरका सब इन्जिनियर घुससहित पक्राउ परेका छन्। पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सब—इन्जिनियर प्रकाश तिवारीले ६ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो।

उनी भोजपुरको प्रधान होटलबाट पक्राउ परेका हुन् । सब—इन्जिनियर तिवारी भोजपुर नगरपालिका—७ डाडा गाउँमा रहेको प्रधान होटलमा घुसबापतको रकम लिन पुगेका थिए। घटनाबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया