शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस संस्थापन पक्ष बहुमतले गरेको निर्णय सच्याउन तयार

नेपालखोज २०७६ माघ १० गते १९:०५

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन पक्ष यसअघि आफैले गरेको निर्णय सच्याउन तयार भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान हुने भएको छ ।

झण्डै ६ घण्टा बसेको कांग्रेस बैठकले बहुमतका आधारमा गरिएको ११ पुसको निर्णय परिमार्जन गर्न संस्थापन पक्ष तयार भएपछि आन्तरिक समस्या समाधान भएको हो ।

कांग्रेस केन्द्रीय कार्य समितिको ११ गते बसेको बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्य समितिको पदावधि ६ महिना थप गर्ने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने लगायतका निर्णय गरेको थियो ।

कांग्रेसमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच १४ औं महाधिवेशन यसअघि बहुमतको आधारमा तोकिएको मितिमा नै गर्ने सहमति भएको छ । पनि ११ गतेको निर्णयको आवश्यक परिमार्जन गरी केन्द्रीय कार्यसमितिमा पेश गर्ने सहमति भएको छ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजाल, रमेश लेखक उपस्थित थिए ।

प्रतिक्रिया