शुक्रबार, वैशाख ७, २०८१

काठमाठौँमा बिहान बेलुका चिसो, पश्चिम तराईमा बिस्तारै कुहिरो हटेर जाने

नेपालखोज २०७६ माघ ११ गते १०:०९

११ माघ, माठमाडौँ । जल तथा मौषम पूर्वानुमान महाशाखाले शनिबार आज दिउँसो घाम लागे पनि बिहान र बेलुकी पख चिसो हुने बताएको छ । राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

आज केही ठाउँको अधिकतम तापक्रम घटबढ हुने मौसमविद् पौडेलले जानकारी दिए । उनका अनुसार आज पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्नेछ भने पश्चिम तराईमा लागेको कुहिरो दिउँसो पछि मात्रै हट्ने भएकाले चिसो रहिरहनेछ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् पौडेलले बताउनुभयो । काठमाडौं उपत्यकाको आजको न्युनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने अधिक्त्तम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया