शुक्रबार, वैशाख २८, २०८१

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

नेपालखोज २०७६ माघ ११ गते ११:१४

एजेन्सी । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । हिजोसम्म यो भाइरसबाट २६ जनाको मृत्यु भएको भनिएकोमा चीनियाँ अधिकारीहरुले अरु १५ जनाको समेत मृत्यु भएको पुष्टि गरेका हुन् ।

मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसबाट बचाउन चीन सरकारले ११ वटा शहरहरुमा यात्रामाथि प्रतिबन्ध लगाएको छ । नयाँ बर्ष लुनारको छुट्टीमा विश्वभर घुम्ने चीनियाँ यात्रुहरु पनि देशभित्रै थुनिएका छन् । कोरोना भाइरसका कारण झण्डै तीन करोड चीनियाँ यात्रुहरु घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गत डिसेम्बरमा यो भाइरस पहिलोपटक चीनको वुहान प्रान्तमा भेटिएको थियो । अहिले यो भाइरस किन्घी र तिब्बतबाहेक चीनका हरेक प्रान्तमा फैलिएको छ ।
चीन बाहेक विश्वभर ९०० जनामा यो भारइसको संक्रमण देखिएको छ । चीनमा मात्रै १०७२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया