बिहीबार, चैत १५, २०८०

चीनमा कोरोना भइरस संक्रमितको उपचारमा संलग्न डाक्टरकै ज्यान गयो

नेपालखोज २०७६ माघ ११ गते ११:२०

एजेन्सी । चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका एकजना डाक्टरकै मृत्यु भएको छ । सिन्ह्वा अस्पताल वुहानमा कार्यरत ६२ वर्षका डाक्टर लियाङ वुदोङको आज बिहान मृत्यु भएको चिनियाँ समाचार संस्था साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रकोपकै रुपमा कोरोना भाइरस फैलिएको चीनमा उपचारमा संलग्न डाक्टरकै ज्यान गएको यो पहिलो घटना भएको खबरमा उल्लेख छ । अहिलेसम्म २९ वटा प्रान्तका १ हजार २ सय ८७ जनामा कोरोना भाइरस भएको पुष्टि भएकोमा ७ सय २९ जना हुवेईका बासिन्दा रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

हुबेईमा अहिलेसम्म ३९ जनाको मृत्यु भइसकेको छ भने हेबेई र हेइलोङझियाङमा एक–एक गरि ४१ जनाको मृत्यु भइसकेको छ । हिजो मात्रै हुबेइमा १ सय ८० जना कोरोना भाइरसका नयाँ विरामी थपिएका थिए ।

प्रतिक्रिया